PRABHU BANK

लक्ष्मी बैंकद्धारा विश्व वित्तीय सप्ताह २०२१ को उपलक्ष्यमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Laxmi Bank
  • बैंकिङ संसार
काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनिविक) २०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकको वित्तीय साक्षरता अभियान अन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरुका करिब १ हजारभन्दा बढी विद्यार्थीहरुलाई सामान्य वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउँदै खुत्रुके वितरण गरिएको थियो ।
साथै बैंकले युवाहरुमा प्रविधिको प्रयोग गरी बैंकिङ गर्ने बानीको विकास गर्ने उदेश्यले विभिन्न व्यवसायमा आवद्ध साना व्यवसायीहरुलाई डिजिटल बैंकिङको प्रयोग सम्बन्धी ३ वटा तालिम सत्र सञ्चालन गरिएको थियो । बैंकको परिकल्पना तथा सौजन्यमा निर्मित वित्तीय साक्षरता अभिवृद्धि सम्बन्धी वृत्तचित्र ‘समृद्धीको अभियान, लक्ष्य वित्तीय ज्ञान’ नेपाल टेलिभिजनबाट २०७७ चैत्र १० गते तथा चैत्र १५ गते प्रसारण गरिएको थियो । विश्व वित्तीय सप्ताहकै उपलक्ष्यमा वित्तीय जानकारी सहितको नव वर्ष २०७८ सालको वार्षिक भित्तेपात्रोको पाँचौ संस्करणको विमोचन गरिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै