PRABHU BANK

सनराइज बैंकद्धारा ई-कार्ड सेवा सार्वजनिक, ५०० डलर बराबरको ई-कमर्स भुक्तानी गर्न सकिने

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकले ई-कार्ड सेवा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्र अनुसार सनराइज ई-कार्ड सेवा सार्वजनिक गरेको हो । डिजिटल बैंकिङ सर्वसाधारणको पहुँचसम्म पुर्‍याउने उद्देश्यले बैंकले डिजिटल बैंकिङ अन्तर्गत विभिन्न सेवा-सुविधा प्रदान गर्दै आएको छ ।
यस सुविधाअन्तर्गत बैंकमा खाता भएका ग्राहकले आफ्नो प्यान कार्ड पेस गरी ५०० डलर बराबरको कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ई-कार्डबाट भारतबाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम ५०० डलर बराबरको ई-कमर्स साइटमार्फत अनलाइन वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न सकिने भएको छ । ग्राहकले कार्डमार्फत एकै पटक वा पटक-पटक गरी एक वर्षमा ५०० डलर बराबरको कारोबार गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै