PRABHU BANK

विकास बैंक र फाइनान्स कम्पनीहरुको ब्याजदर घट्यो

interest rate
बैंकिङ संसार
काठमाडौं । विकास बैंक तथा फाइनान्स कम्पनीहरुले पनि ब्याजदर घटाएका छन् । बुधबार वाणिज्य बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेसँगै विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि ब्याजदर घटाउने निर्णय गरेका हुन् ।
ब्याजदर घटाउने निर्णयसँगै चैत महिनामा अधिकतम ११.२५ प्रतिशत ब्याज दिँदै आएका अधिकांश विकास बैंकहरुले बैशाखदेखि निक्षेपको ब्याजदर १०.६० प्रतिशत दिने भएका हुन् ।
त्यस्तै, हाल अधिकतम १२ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएका फाइनान्स कम्पनीहरुले बैशाख १ गतेदेखि ११.२५ प्रतिशत ब्याज दिने भएका हुन् । फाइनान्स कम्पनीहरुले भने २ वा सो भन्दा बढी वर्ष अवधिको मुद्धती निक्षेपमा सो ब्याज दिने भएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै