PRABHU BANK

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार बुधबारदेखि खुल्ला, कतिमा खुल्यो पहिलो कारोबार ?

NIC ASIA Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको चैत्र १८ गते बुधबार (आज)देखि सेयर कारोबार खुल्ला भएको छ । मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको सेयर कारोबार बुधबार (आज)देखि खुल्ला भएको हो । कम्पनीको चैत १७ गते मंगलबार मात्रै कुल २५ लाख ९४ हजार ४ सय कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था एक-आपसमा मर्जरमा जाने प्रयोजनको लागि सेयर कारोबार रोक्का भएको थियो ।
मंगलबार सूचीकृत भएको २५ लाख ९४ हजार ४०० कित्ता सेयरसहित यसभन्दा अघि सूचीकृत १ करोड ४८ लाख कित्ता समेत गरी संस्थाको कुल १ करोड ७३ लाख ९४ हजार ४ सय कित्ता सेयर हुनेछ । यससँगै कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ७६५.१२ रुपैयाँमा हुने नेप्सेले जनाएको छ । दोश्रो बजारमा संस्थाको एनआइसीएलबीएसएलको नामबाट सेयर कारोबार हुने भएको छ । यसअघि एनआईसी एशिया लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता ७५९ रुपैयाँमा र स्वदेशी लघुवित्तको प्रतिकित्ता ८०० रुपैयाँमा भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै