prabhu

कुमारी बैंकका ग्राहकहरुलाई र्याडिसन होटलमा आर्कषक छुट

काठमाडौँ । कुमारी बैंकका ग्राहकहरुलाई र्याडिसन होटलमा आर्कषक छुट हुने भएको छ । बैंकका डेबिट तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुलाई लाजिम्पाट, काठमाडौँस्थित र्याडिसन होटलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुविधाहरुमा आर्कषक छुट हुने भएको हो ।

बैंक र होटलबीच भएको सम्झौता अनुसार बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले र्याडिसन होटलबाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५ प्रतिशत, पेस्ट्री सपमा १० प्रतिशत, फिटनेस सम्बन्धि सेवामा २० प्रतिशत, ट्रानक्विलिटी स्पा तथा एअरपोर्ट रेष्टुरेन्ट सेवामा १५ प्रतिशत र केकहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट बैंकका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै होटलबाट प्रदान गरिने सेवा सुविधाहरु सहुलियतदरमा प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।  बैंकले  आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै