PRABHU BANK

‘बङ्गलादेशको बैंकिङ क्षेत्र विगत १५ वर्षमा नाजुक भएको हो’: अध्यक्ष हुसैन

काठमाडौँ । बङ्गलादेशको बैंकर्स सङ्घका अध्यक्ष सेलिम आरएफ हुसैनले बङ्गलादेशको बैंकिङ क्षेत्र विगत १५ वर्षमा नाजुक भएको बताएका छन् । उनले एक छलफलकाबीच शेख हसिनाको नेतृत्वमा रहेको सर  कारको शासनकालमा बैंकिङ क्षेत्र नाजुक भएको बताएका हुन् ।

योसँगै उनले बैंक तथा वित्तीय संस्थामा हुने बैंकिङ अपराधमा संलग्नलाई कारबाही गर्न पनि माग गरेका छन् ।

सेन्टर फर पोलिसी डायलग (सीपीडी) ले ढाकाको लेकशोर होटलमा अन्तरिम सरकारका चुनौतीहरूबारे छलफल र सम्बोधन गर्न आयोजना गरेको संवादमा हुसेनले घोटालामा परेका बैंकका सञ्चालकको खाता रोक्का गर्नुपर्ने र उनीहरूलाई देश छाड्न दिन नहुने टिप्पणी गरेका हुन् ।

सो छलफलमा बैंकर, नागरिक समाजका प्रतिनिधि, अर्थशास्त्री, उद्यमी र विद्यार्थीहरूको सहभागिता थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै