PRABHU BANK

सनराइज बैंकद्धारा आएम केडिया आई अस्पतालको सहयोगमा निःशुुल्क आँखा शिविर सम्पन्न

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकको वीरगञ्ज शाखा र लायन्स क्लब वीरगञ्जद्वारा आएम केडिया आई अस्पतालको सहयोगमा वीरगञ्ज-३१ पर्सौनीमा चैत्र २१ गते निःशुल्क आँखा शिविर आयोजना गरेको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वसाधारणलाई सहज स्वास्थ्य सुविधा दिने उद्देश्यले कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम सञ्चालनका लागि लायन्स क्लब वीरगञ्जलाई १ लाख ८० हजार रुपैयाँको आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ । शिविरमा २ सय ५० जनाको आँखा परीक्षण गरिएकामा १ सय जनाको आँखामा समस्या देखिएको थियो । उक्त शिविरमा अस्पतालका डाक्टरसहितको ७ जनाको टोलीले सेवा प्रदान गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै