PRABHU BANK

सिद्धार्थ बैंकद्धारा सरकारलाई १ करोड ४ लाख रुपैयाँ आर्थिक सहयोग

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकले कोरोना भाइरसको रोकथामका तथा नियन्त्रणका लागि १ करोड ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकले सरकारलाई वैशाख २९ गते बुधबार सो मात्राको सहयोग हस्तान्तरण गरेको हो । बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाखका दरले ७० लाख रुपैयाँ र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा २ लाख रुपैयाँका दरले ३४ लाख रुपैयाँ सहयोग गरेको हो ।
हालको प्रतिकुल परिस्थितिमा तोकिएका स्वास्थ सम्बन्धी मापदण्ड अनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसंगको समन्वयमा, बैंकले देशभरका विभिन्न शाखाहरुबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले ग्राहकहरुको सहजताका लागि घरैमा बसी प्रविधि मैत्री डिजिटल माध्यमबाट पनि बैंकिङ सेवा उपलब्ध गर्दै आईरहेको छ । बैंकले आफ्ना ग्राहकलाई त्यस्ता डिजिटल बैंकिङ सेवाहरुको प्रयोग गरी कोरोना भाइरस रोकथामका लागि सहयोग पुर्याइदिन आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै