PRABHU BANK

सानिमा बैंकद्धारा नयाँ सेवा सार्वजनिक, देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैंक खातामा संकलन सकिने

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंकले मोबाईल बैंकिङ एप सानिमा सजिलो ई-बैंकिङबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यस अन्तर्गत सानिमा बैंकको मोबाइल बैंकिङ एपमा सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) थप गरिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सिधै मोबाईल बैंकिङ एपबाट पठाउन सक्नेछन् । ग्राहकले रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ एपमा रहेको ‘सेन्ड रेमिट्यान्स’ मार्फत सिधै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुई सुविधा मध्ये एक रोज्न सक्नेछन् । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।
यसका साथै मोबाईल बैंकिङ एपमा रहेको ‘रिसिभ रेमिट्यान्स’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैंक खातामा संकलन वा प्राप्त गर्न सकिने बैंकले जनाएको छ । ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरु मार्फत् रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् । सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा सजिलो ई बैंकिङको वेभ भर्सनमा पनि उपलब्ध छ । सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा एटिएम संचालनमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै