PRABHU BANK

नेपाल बैंकको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंकको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ नियुक्त भएको छ । बैंकले निष्कासन गरिसकेको ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङलाई नियुक्त गरेको हो ।
यससँगै बैंकको ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब नबिल इन्भेष्टमेण्ट बैंकिङ बाट हुने भएको छ । बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र गत बैशाख २२ गतेदेखि ३१ गतेसम्म बिक्री गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै