PRABHU BANK

विश्व बैंकको आईडीए २१औँ बैठक काठमाडौँमा सुरु, दुई सय देशका प्रतिनिधि नेपालमा

काठमाडौँ । विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को तेस्रो रिप्लेनिसमेन्ट बैठक काठमाडौँमा सुरु भएको छ । चार दिनसम्म चल्ने बैठक मङ्गलबारदेखि राजधानीको सोल्टी होटलमा सुरु भएको हो ।

विश्व बैंकले नेपालमा आयोजना गरेको अहिलेसम्मकै ठुलो बैठकमा विश्व भरका २ सय भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने भएका छन् । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एकसेल भान ट्रोट्सनवर्ग लगायतका उच्च पदाधिकारी नेपाल आइसकेका छन् । मंगलबारदेखि सुरु भएको बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न आग्रह गरेका छन् । विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन पनि प्रधानमन्त्री प्रचण्डले बैठकमा आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपाल आइडाको ६ दशकभन्दा लामो प्रतिवद्ध, साझेदार रहेको भन्दै बिभिन्न चुनौतीहरूको सामना गर्दै, आइडाको २१औं पुनः पूर्ति दक्षिण एशियाको विकास र पुनः प्राप्तिको बैठक भएकोले आफू अत्यन्तै खुशी रहेको पनि बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै