PRABHU BANK

कुमारी बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड नियुक्त

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले ४० हजार कित्ता संस्थापक सेयर भदौ ९ गतेदेखि बिक्री खुल्ला गरेको हो । बैंकको सेयरधनी सदस्य रोशनी बज्राचार्यको नाममा रहेको उक्त सेयर विद्यमान संस्थापकहरुले खरीद गर्न सक्नेछन् ।
उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान सेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल, काठमाडौंमा निवेदन बुझाउनु पर्ने संस्थाले जनाएको छ । ईच्छुक व्यक्तिले ३५ दिनभित्र विद्यमान संस्थापक सदस्यहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्री गरिने जनाएको छ ।बैंकको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै