PRABHU BANK

प्रभु बैंक लिमिटेड द्वारा २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर बिक्रीमा

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । बैंकले २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर भदौ १५ गतेदेखि बिक्री खुल्ला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भदौ २८ गतेसम्म आवेदन दिन सक्नेछन् । बोलपत्र भदौ ३० गते बिहान १० बजे मुक्तिनाथ क्यापिटल कमलादी काठमाडौंमा बोलपत्र वा निजको प्रतिनिधिको उपस्थितिमा खोल्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै