- बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई बैंकले पोखरा फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत पोखरा फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स् लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् ।
नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा पोखरा फाइनान्सका प्रमूख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङबीच उक्त सम्झौता आदान प्रदान भएको हो ।