PRABHU BANK

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारणसभा शनिबार हुँदै

Deprosc Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको हो । कम्पनीको  २०औं साधारणसभा शनिबार चितवन गार्डेन रिसोर्ट चितवनमा बिहान ११ बजेबाट सुरु हुने भएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.०५३५ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले हाल कायम १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१० रुपैयाँ चुक्ता पुँजीमा बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । सभामा सेयर संरचना र कर्मचारीको पद समायोजनका बिषयमा नाडेप लघुवित्तसँग असहमति भएकाले मर्जर प्रकृया अघि नबढेको सम्बन्धमा सेयरधनीहरुलाई जानकारी गराइने भएको छ । नाडेपसँग मर्जर गर्न नसकिने भएकाले यो बिषय राष्ट्र बैंकलाई पनि जानकारी गराई सकिएको र अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने एजेण्डा रहेको छ । नाडेपसँगको मर्जर प्रकृया डीमर्ज गर्ने प्रस्ताव राखिएको छ।
सभामा साधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि रहको छ । यस्तै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा पनि रहेको छ । कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि डिप्रोक्सले असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको छ । त्यसकारण असोज ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा भाग लिन पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै