PRABHU BANK

प्रभु बैंकको बाउन्स चेक दिने एक जना पक्राउ

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । बैंकिङ कसुरको मुद्दामा एक जना फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।ब्युरोको टोलीले महोत्तरी भगाहा गाउँपालिका वडा नम्बर ३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल बस्ने रामनाथ सिंहलाई बुधबार कमलपोखरीबाट पक्राउ गरेको हो ।
सिंहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी/जानी २०७६ बैशाख १० गते प्रभु बैंक लिमिटेड शाखा कार्यालय भक्तपुरको चेक काटेर जाहेरवाललाई दिएका थिए । सो चेक बाउन्स भएपछि पीडितले दिएको जाहेरीमा उच्च अदालत पाटनले २०७७ माघ २० गते उनलाई चार दिन कैद र ११ लाख जरिवाना सजाय सुनाएको थियो । उनलाई बिहीबार काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै