PRABHU BANK

स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ । स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय लेले, ललितपुरले आयोजना गरेको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख अन्तरकृया कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

लघुवित्तको आथिक बर्ष २०७९-८० मा शाखा अन्तरगत रहेका केन्द्रहरू मध्ये उत्कृष्ट ३ वटा केन्द्रलाई नगद सहित पुरस्कार वितरण गरेको छ ।

त्यस्तै, शाखा कार्यालय अन्तरगत शैक्षिक सत्र २०७९ मा एसईई परीक्षामा ग्राहक सदस्यका छोराछोरी मध्येबाट उत्कृष्ट अङ्क प्राप्त गर्न सफल केन्द्र नं ७५ समुह नं ४ मा आवद्ध सदस्य साईली माया लामाकी छोरी लक्ष्मी लामालाई १० हजार नगद पुरस्कार पनि वितरण गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै