PRABHU BANK

सेन्चुरी कमर्सियल बैंकको साधारणसभा पुस ३० गते हुने, यस्ता छन् छलफल हुने विषयहरु !

century commercial bank
  • बैंकिङ संसार
काठमाडौ । सेन्चुरी कमर्सियल बैंकको ११औं वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ । सभा आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौंमा, बिहान ११ बजे हुने देखी सुरु हुने भएको हो ।
सभा प्रयोजनका लागि बैंकले पुस १९ गते बुक क्लोज गर्ने जनाएको छ । पुस १८ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.७५% बोनस सेयर र कर तिर्न ०.३०% नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने छ। बोनस सेयरपछि पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै