MAX TIGER

‘साइबर तथा डिजिटल वित्तीय ठगीबाट सचेत बनौँ, ठगीमा परे तत्काल १२४७ नम्बरमा सम्पर्क गरौँ’- नेपाल राष्ट्र बैंक

काठमाडौं । साइबर तथा डिजिटल वित्तीय ठगीसम्बन्धी घटनाको उजुरी तथा गुनासो सम्बोधन गर्न नेपालमा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरिएको छ।नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना सार्वजनिक गर्दै यस्तो जनाएको हो।

सूचनाअनुसार प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो २४ घण्टा सञ्चालन हुने गरी विभिन्न सरोकारवाला निकायको सहभागितामा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (Integrated Anti-Cyber Scam Centre-IACSC) स्थापना गरिएको हो।

उक्त केन्द्रले साइबर तथा डिजिटल वित्तीय ठगीमा परेका व्यक्तिको गुनासो र उजुरी सम्बोधन गर्नेछ। यसका लागि केन्द्रले १२४७ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याएको छ। अनलाइन ठगी, फिसिङ, नक्कली लिंक, अनधिकृत कारोबार तथा डिजिटल भुक्तानीसम्बन्धी ठगीमा परेका व्यक्तिले तत्काल १२४७ नम्बरमा सम्पर्क गरी जानकारी वा उजुरी दिन सक्नेछन्। साथै, हटलाइनबाट प्राप्त निर्देशनअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने सूचनामा उल्लेख छ।

त्यसैगरी, ठगीमा परेको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई तत्काल जानकारी गराई आफ्नो बैंक खाता तथा डिजिटल वालेट सुरक्षित राख्न आवश्यक पहल गर्न पनि आग्रह गरिएको छ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्