गरिमा विकास बैंकमा खाता हुनेहरु होसियार, कुनै पनि बेला ह्याक हुन सक्ने, बैंकबाट खाता नै हराउन सक्ने जोखिम !

काठमाडौँ। गरिमा विकास बैंकमा खाता हुनेहरु होसियार हुनुपर्ने भएको छ । बैंकका विभिन्न शाखाहरुमा माइक्रोसफ्ट विण्डो नै पाइरेटेड रहेको पाइएपछि ग्राहकका विवरण कुनै पनि बेला ह्याक हुन सक्ने र बैंकबाट खाता नै हराउन सक्ने जोखिमसमेत बढेको हो ।

यता बैंकले पनि केहि शाखाहरुमा पाईरेटेड विन्डोहरु प्रयोग भएको स्वीकार गरेको छ । यता राष्ट्र बैंकले भने कुनै पनि बैंकमा पाइरेटेड सफ्टवेरबाट हुन सक्ने जोखिमबारे स्वयम् बैंक जिम्मेवार हुनुपर्ने बताएको छ ।

योसँगै बैंकले ९० लाख रुपैयाँ प्रति आना पर्ने जग्गा, आनाकै डेढ करोड रुपयाँ तिरेर किनेको पनि पाइएको छ । कुल ३७.२६ आना जग्गा किन्दा बैंकले बजार मूल्यभन्दा निकै बढी रकम हालेको प्रकरण बाहिर आएको हो । यसमा बैंकका सीइओदेखि उच्च तहका हाकिमहरुको संलग्नताबारे पनि तथ्यहरु सार्वजनिक भएका छन् ।
३३ करोड ५३ लाख रुपैयाँ पर्ने जग्गालाई ५८ करोड १८ लाख १२ हजार रुपैयाँ हालेर किनेको भन्दै प्रश्न उठे पनि बैंकले यस विषयमा बोल्न नमान्नुले रकम हिनामिनाको शंका गर्ने ठाउँ देखिएको छ ।
HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्