PRABHU BANK

एकैसाथ ९ स्थानबाट माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ्ग सेवा सुरु !

machhapuchchhre bank
  • बैंकिङ संसार 
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले महोत्तरी जिल्लाको बर्दिबास न.पा.–११, खयरमारा, धनुषा जिल्लाको कमला न. पा.–०६, सिङ्गयाही मडान, धनुषा जिल्ला कै शहिदनगर न. पा.–०३, यदुकोहा र लक्ष्मीनिया न. पा.–०७, लक्ष्मीनिया, सिराहा जिल्लाको कल्याणपुर न. पा.–०६, भोक्राहा र कर्जन्हा न. पा.–०२, बन्दिपुर तथा रौतहट जिल्लाको चन्द्रपुर न. पा.–०२, जुडिवेला, चन्द्रपुर न. पा.–०३, गैंडाटार र स्याङ्जा जिल्लाको आँधीखोला गाउपालिका–०५ सेतीदोभान मा थप ९ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
देशका विभिन्न स्थानमा ९ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छे बैंक लिमिटेडको शाखा रहित बैंकिङ्ग सेवा १२१ पुगेको छ । ग्राहक सेवा केन्द्र रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानी साथै कर्जा आवेदन समेत दिन सकिने छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ । बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १३६ वटा शाखाहरु लगायत १२१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २५७ स्थानवाट ग्राहकहरुलाई सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै