बैंकिङ कसुर मुद्दामा ४१ वर्षीया सम्झना लामा टोखाबाट पक्राउ, अब हुन्छ जेलको बास ! (सूचनासहित)

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जना महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा ४१ वर्षीया सम्झना लामा रहेकी छिन्।

७७ लाख विगो भएको बैंकिङ कसुर मुद्दामा फरार रहेकी उनी हाल प्रहरीको फन्दामा परेकी छिन्।

उनीमाथि बैंकिङ कसुर मुद्दामा ५ वटा मुद्दा परेको प्रहरीले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ। ४१ वर्षीय सम्झना लामा काठमाडौँको टोखाबाट पक्राउ परेकी हुन्।

यसअघि उनीमाथि १ महिना कैद र एक लाख रुपैयाँ जरिवाना समेत भएको थियो। प्रहरीले सार्वजनिक गरेको सूचना हेर्नुहोस्:

noticee

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्