मुक्तिनाथ विकास बैंकमा कार्यरत कर्मचारी विजेता अवालेको निधन, आमा छोरी दुबैको निधन भएको पुष्टि ! (सूचनासहित)

काठमाडौँ। मुक्तिनाथ विकास बैंकमा कार्यरत एक जना कर्मचारीको निधन भएको छ। बैंकको नयाँ बानेश्वर शाखामा कार्यरत कर्मचारी विजेता अवालेको निधन भएको हो।

उनको निधन भएको बैंकले नै एक सूचना जारी गर्दै पुष्टि गरेको छ। बैंकर विजेता अवाले र उनकी छोरी आर्शिका महर्जनको असामयिक निधनको खबरले अत्यन्तै स्तब्ध बनाएको बैंकले जनाएको छ।

बैंकले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। बिदा लिएर गोसाईकुण्ड घुम्न गएकी उनको बाढीमा परेर निधन भएको हो। यसअघि रसुवामा आएको बाढीपहिरोमा परेर बेपत्ता भएकी मुक्तिनाथ विकास बैंककी कर्मचारी सुन्दरी महर्जनको पनि निधन भएको थियो।

धादिङको गल्छी प्रहरी चौकीमा ल्याइएको महिलाको शवमा दाहिने हातमा ‘गोपाल’ लेखिएको ट्याटु, हातमा पहेँलो बाला र कालो रङको ३८ नम्बरको ट्रेकिङ गोल्ड स्टार जुत्ता रहेको विवरण सार्वजनिक गरेको थियो।  हराइरहेका अन्य बैंकरहरुको विवरण मिसिङ बैंकर्स ट्र्याकरमा हेर्न सक्नुहुनेछ । 

muktinath

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्