स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित अंकित गुप्ता र अभिनन्दन गुप्ता पक्राउ, अब हुन्छ कारवाही ! (सूचनासहित)

काठमाडौँ। स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित दुई जना पक्राउ पक्राउ परेका छन्। स्रोत नखुलेको ठूलो रकमसहित २५ वर्षीय अंकित गुप्ता र २० वर्षीय अभिनन्दन गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको प्रतापपुर गाउँपालिका ९ बेलाटारीस्थित क्षेत्रमा तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले UP 56 BH 6556 नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा मोटरसाइकलमा लुकाइछिपाइ ल्याइएको स्रोत नखुलेको नेपाली रुपैयाँ २१ लाख ६० हजार फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार रकमसहित प्रतापपुर गाउँपालिका ६ गुठीप्रसौनी बस्ने २५ वर्षीय अंकित गुप्ता र २० वर्षीय अभिनन्दन गुप्ता पक्राउ परेका हुन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्