बाढीबाट प्रभावित नागरिकलाई सिटिजन्स बैंकले गर्यो सहयोग, २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैँया कोषमा जम्मा !

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाढीबाट प्रभावित नागरिकलाई सहयोग गरेको छ। बैंकले बाढीबाट प्रभावित नागरिकलाई २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैँया सहयोग गरेको हो।

बैंकले बागमती प्रदेशको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, उपचार तथा राहतको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभका लागि कामना गर्नुका साथै यस घटनाबाट प्रभावित सम्पूर्ण मानिसहरुप्रति राहत पुर्‍याउने उद्देश्यले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरेको जनाएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

उक्त समारोहमा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको उपस्थिति रहेको थियो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्