मुक्तिनाथ विकास बैंकले सम्पन्न गर्यो सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता (सूचनासहित)

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता सम्पन्न गरेको छ।

सम्झौतामा तीनवटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्। वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसाय विस्तार तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित प्राप्ति प्रक्रिया अघि बढाइएको छ।

प्रस्तावित प्राप्ति नेपाल राष्ट्र बैंक तथा प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति र नियामकीय प्रक्रिया पूरा भएपछि मात्र अन्तिम रूपमा कार्यान्वयन हुनेछ।

तीनवटै संस्थाले प्रस्तावित प्रक्रियालाई पारदर्शी र व्यवस्थित रूपमा अघि बढाउँदै प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाको पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, प्राप्ति प्रक्रियामा सम्बन्धित सबै सरोकारवालाको हितलाई प्राथमिकतामा राखिने जनाइएको छ।

PR- Muktinath Bank acquires Sindhu Bikas bank and Janaki Finance

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्