काठमाडौँ। मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ती (एक्वायर) गर्ने भएको छ। भदौ १९ गते बसेको तीनवटै संस्थाका सञ्चालक समितिको बैठकले दुवै संस्थालाई मुक्तिनाथ विकास बैंकमा प्राप्ती गर्ने निर्णय गरेको हो।
निर्णयसँगै मुक्तिनाथ विकास बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकबीच प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्राप्ती प्रक्रियाका लागि प्रारम्भिक सम्झौता भएपछि तीनवटै संस्थाका आधारभूत शेयरधनीहरूको शेयर कारोबार रोक्का गरिएको छ।
अब प्राप्ती प्रक्रिया अघि बढाउन आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा गरिनेछ।




