ग्राहकको खातामा सप्तकोशी डेभलपमेन्ट बैंकका कर्मचारीको अनधिकृत पहुँच, राष्ट्र बैंकले गर्यो तथ्य उजागर !

काठमाडौँ। नेपाल राष्ट्र बैंकले गरेको समष्टिगत स्थलगत निरीक्षणका क्रममा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका कर्मचारीले ग्राहकको खातामा अनधिकृत पहुँच पुर्‍याएको तथ्य फेला परेको छ। राष्ट्र बैंकका अनुसार बैंकको २०८२ असोज मसान्तको अपरिस्कृत वित्तीय विवरणका आधारमा गरिएको निरीक्षणमा कर्मचारीले ग्राहकको खातामा अनुमति बिना पहुँच गरेको पुष्टि भएको हो।

निरीक्षणका क्रममा बैंकको भल्टमा रहेको नगदमा समेत अपचलन भएको तथ्य उजागर भएको छ।

यति गम्भीर अनियमितता देखिँदासमेत बैंक व्यवस्थापनले आन्तरिक छानबिन गरी दोषी कर्मचारीमाथि आवश्यक कारवाही नगरेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले बैंकको आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको निष्कर्ष निकाल्दै यस्ता घटनाले संस्थाको सुशासन, जोखिम व्यवस्थापन र ग्राहकको विश्वासमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरेको छ।

साथै, बैंकलाई आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्न, कमजोरी सुधार गर्न र जिम्मेवार व्यक्तिमाथि आवश्यक कारवाही गर्न निर्देशन दिएको छ।

 

 

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै