नक्कली नोटसहित चार जना पक्राउ

काठमाडौँ। नक्कली नोटसहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नक्कली नोटसहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कपिलवस्तुको वाणगङ्गा नगरपालिका २ का ३६ वर्षीय विष्णु श्रेष्ठ, नवलपरासी (पूर्व) देवचली नगरपालिका १५ का २८ वर्षीय सुजन खनाल भन्ने मुक्तिप्रसाद खनाल, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ८ का ३५ वर्षीय रोलबहादुर श्रेष्ठ र काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ९ का ५३ वर्षीय दीपेन्द्र थापा रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक कृष्णकुमार चन्दका अनुसार जिल्लाका विभिन्न स्थानमा नेपाली नोटको अवैध कारोबार भइरहेको भन्ने प्रहरीलाई विशेष सूचना प्राप्त भएको थियो।

उक्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीको निगरानीका क्रममा गत चैत २२ गते सिद्धार्थनगर नगरपालिका ५ (भैरहवा) र चैत २६ गते सैनामैना नगरपालिका १० स्थित भच्कैयाबाट एक हजार दरका रूपैयाँ नेपाली नक्कली नोट २१ थानसहित चार जनालाई पक्राउ गरिएको हो।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै