प्रसाईंको हस्पिटललाई ६५ करोड ऋण दिन अदालतको आदेश !

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पूर्वाञ्चल क्यान्सर हस्पिटललाई कर्जा दिन अदालतले आदेश दिएको छ । जिल्ला अदालत झापाका न्यायाधीश लोकबहादुर हमालको इजलासले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पूर्वाञ्चल क्यान्सर हस्पिटललाई थप ६५ करोड रुपैयाँ कर्जा दिन अदालतले आदेश दिएको हो  ।

पूर्वाञ्चल क्यान्सर अस्पतालले सम्झौता अनुसार कर्जा नदिएको भन्दै दायर गरेको रिटमा जिल्ला अदालत झापाका न्यायाधीश लोकबहादुर हमालको इजलासले ६५ करोड कर्जा दिन बैंकहरूलाई आदेश दिएको हो ।

प्रसाईंकै झापास्थित बी एण्ड सी मेडिकल कलेजका लागि ६५ करोड रुपैयाँ ऋण दिन बैंकहरूले छलफल गरिरहेका छन् ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै