बैंक खाता खोल्न ललितपुरमा २३ जना उम्मेदवारले लिए सिफारिस

काठमाडौँ। ललितपुरमा २३ जना उम्मेदवारले बैंक खाता खोल्न सिफारिस लिएका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि यहाँका तीनवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका ७१ मध्ये २३ जना उम्मेदवारले बैंक खाता खोल्न सिफारिस लिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी हालसम्म २३ उम्मेदवारले सिफारिस लिएका हुन् ।

ललितपुर क्षेत्र नं १ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये १२ स्वतन्त्र उम्मेदवार रहेका छन्, भने २५ पुरुष र तीन जना महिला उम्मेदवार छन् ।

ललितपुर क्षेत्र नं २ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये सात जना स्वतन्त्र र १६ जना विभिन्न राजनीतिक दलका उम्मेदवार छन् । यस क्षेत्रमा दुई जना महिला उम्मेदवार रहेका छन् ।

यता ललितपुर क्षेत्र नं ३ मा २३ जनाले उम्मेदवारी दर्ता गराएकोमा तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि हाल २० जना उम्मेदवार कायम रहेका छन् ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै