काठमाडौँ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ । लघुवित्तले एक सूचना जारी गर्दै ऋणपत्र निष्काशन गर्ने जनाएको हो।
कम्पनीले सुरक्षण नराखिएको १ अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वस्कृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने र नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि ऋणपत्र जारी गर्ने भएको छ ।
संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । सुचानासहित:




