HIMALAYAN LIFE
Banking Sansar Mobile App

सेयर धितो कर्जाको २५ करोडको सीमा हट्यो, बैंकहरुलाई सेयर कारोबारमा लचिलो व्यवस्था, अव सेयर बजार के होला ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा व्यक्तिगत ग्राहकका लागि तोकिएको सीमा हटाएको छ । अब व्यक्तिले चाहे अनुसार बैंक तथा वित्तीय संस्थाबाट जति पनि सेयर धितो कर्जा लिन सक्ने भएका छन् ।

केन्द्रीय बैंकले बुधबार सर्कुलर जारी गर्दै मार्जिन प्रकृतिको कर्जा (सेयर धितो कर्जा) सम्बन्धी पुरानो प्रावधान संशोधन गरेको हो । यसअघि कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाबाट एकल ग्राहकले अधिकतम २५ करोड रुपैयाँसम्म मात्रै कर्जा लिन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले यो सीमा पूर्ण रूपमा खारेज गरेको छ ।

यो व्यवस्थालाई पूँजी बजारमै ठूलो राहतका रूपमा हेरिएको छ । अर्थ मन्त्रालयले केही समयअघि गठन गरेको पूँजीबजार सुधार कार्यदलले यही प्रावधान हटाउन सिफारिस गरेको थियो । कार्यदलको सिफारिस अनुसार राष्ट्र बैंकले निर्देशन संशोधन गर्दै पुरानो सीमा हटाएको हो ।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।