PRABHU BANK

कर्णाली डेभलपमेन्ट बैंकको १५औं र १६औं वार्षिक साधारणसभा एकैदिन हुने, तोक्यो बुक क्लोज मिति

Karnali Development Bank
  • बैंकिङ संसार
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको आगामी फागुन २१ गते शुक्रबार १५औं र १६औं वार्षिक साधारणसभा हुने भएको हो । उक्त निर्णय माघ २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।
फागुन ५ गते बुधबार देखि बुक क्लोज भएको छ । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि फागुन ५ गते बुधबार देखि फागुन २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन ४ गतेसम्म कायम सेयरधनीको विवरण बैंकको सेयर रजिष्ट्रार दरबारमार्गमा रहेको प्रभु क्यापिटलमा उपलब्ध हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै