PRABHU BANK

कुमारी बैंकद्वारा ‘Kumari Smart 1-month Login Challenge’ नामक आकर्षक अभियान सुरु

Kumari Bank
  • बैंकिङ संसार 
काठमाडौं । कुमारी बैंक लिमिटेडले डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘Kumari Smart 1-month Login Challenge’ नामक आकर्षक अभियान सुरु गरेको छ । उक्त अभियानमा Lucky draw मार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीहरुले रु १,००० का दरले पुररस्कार प्राप्त गर्नेछन् । यस अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार रु १०,००० नगद प्राप्त गर्न सक्नेछन् ।
यस अभियानमा सहभागी हुन ग्राहकवर्गहरुले सो अभियान सुरू भएको १ महिना सम्म तल मध्ये न्यूनतम कुनै एक कार्य दैनिक रुपमा गर्नुपर्नेछ । सो अभियान भाद्र १ २०७७ देखि सुरू हुदैंछ ।
१. Kumari Smart एप मार्फत आफ्नो खाताको विवरण हेर्ने अथवा
२. टप-अप, बिल भुक्तानी, क्यूआर भुक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्नेछ
कुमारी बैंकले डिजिटल प्रणाली मार्फत सधै आफ्नो सेवाग्राहीहरुमा उत्कृष्ट सेवा प्रदान गर्न अत्याधुनिक डिजिटल बैंकिङ सुविधाहरु दिँदै आएको छ साथै यस अभियान मार्फत डिजिटल कारोबारलाइ अझ प्रोत्साहित गर्दै यस महामारीको विषम परीस्थितिमा डिजिटल प्रविधिको प्रयोगद्वारा स्वस्थ जीवनयापन गर्न सहयोग पुग्नेमा बैंक विश्वस्त छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै