-
Action Year
- 2080
-
Action Reason
- आधार दर (Base Rate) गणना गर्दा सामाजिक उत्तरदायित्वसम्बन्धी खर्चसमेत समावेश गरी एकीकृत निर्देशन, २०७९ को व्यवस्था विपरीत आधार दर गणना गरेको। Capital Adequacy Framework, 2015 विपरीत पूँजी पर्याप्तता (Capital Adequacy) गणना गर्दा केही कर्जाको जोखिम भार (Risk Weight) वास्तविकभन्दा कम देखाई पूँजीको गणना गरेको। बैंकका १ प्रतिशतभन्दा बढी शेयर भएका संस्थापक शेयरधनी श्री राजेन्द्रकुमार खेतान सँग सम्बन्धित ऋणी एकाइलाई प्रवाह गरिएको रु. १२ करोड कर्जामध्ये करिब रु. ११ करोड ४४ लाख रकम शेयरधनीकै खातामा ट्रान्सफर गरी प्रयोग गरिएको। उक्त कारोबारसम्बन्धी रकम शेयरधनीको खाताबाट पटक–पटक ट्रान्सफर गरी भुक्तानी गरिएको पाइएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरीत कार्य भएको ठहर गरिएको। साथै, बैंकबाट प्रवाह भएको कर्जा शेयरधनीको खातामा ट्रान्सफर भएको देखिए पनि बैंकले समयमै त्यसको सघन अनुगमन नगरेको र उक्त कर्जालाई नियमित कर्जाकै रूपमा देखाएको पाइयो।
-
Action/Penalty Details
- बैंकका तत्कालीन वित्तीय व्यवस्थापक (Financial Manager) राजेन्द्रकुमार खेतानलाई रु. १० लाख जरिवाना गरिएको।
प्रमुख कार्यकारी अधिकृत (CEO) लाई सचेत गराइएको।