PRABHU BANK

सिभिल बैंकको ११औं वार्षिक साधारणसभा शुक्रबार हुँदै, लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

cIVIL BANK
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंकको ११औं वार्षिक साधारणसभा हुने भएको छ । बैंकको वार्षिक साधारणसभा पुस ३० गते शुक्रबार हुने भएको हो । बैंकले सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गरिसकेको छ । तसर्थ पुस १९ गतेसम्म मात्र कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ । यस्तै कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जाने सम्झौता गर्नुपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिईने प्रस्ताव पनि रहेको छ । 
आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा/नोक्सान र नगद प्रवाहमाथि छलफल पनि हुने भएको छ । साथै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एनेण्डा पनि रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै