- बैंकिङ संसार
काठमाडौं – सिद्धार्थ बैंकले आफ्नो नयाँ शाखा दाङ जिल्लाको लमहीमा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार अर्थात माघ २२ गतेदेखि दाङमा लमही शाखाको औपचारिक उद्घाटन गरेको हो ।
बैंकको उक्त शाखाको उद्घाटन लमही नगरपालिकाका मेयर कुल बहादुर केसीले गरेका हुन् । बैंकले सो शाखा २०७५ अषाढ २५ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।