prabhu

सनराइज बैंकले गर्यो जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग, जनक शर्मा पौड्यालद्धारा चेक हस्तान्तरण

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । बैंकले जोन्ता क्लब काठमाडौंलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त क्लबलाई आर्थिक सहयोग गरेको हो ।
असोज २५ गते आइतबार बैंकको केन्द्रिय कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनक शर्मा पौड्यालले जोन्ता क्लब काठमाडौंकी अध्यक्ष सीमा गोल्छालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
कोरोनाको महामारीले शैक्षिक संस्थाहरु पूर्णरुपले संचालन गर्न नसकिएको अहिलेको अवस्थामा केही निजि विद्यालयहरुले डिजिटल कक्षाहरु संचालन गर्दै आएका छन् । तर सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु संचालन गर्न प्रयाप्त स्रोत, साधान र प्रविधिको अभाव रहेको छ ।
यसै कुरालाई ध्यानमा राख्दै बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको भानु मा.वि.का विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लबलाई उक्त आर्थिक सहयोग गरेको हो ।
सनराइज बैंकले परिमार्जित प्रविधिलाई अवलम्बन गर्दै ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियान अगाडी बढाउँदै आएको र यसै अनुरुप देश विकासको अपरिहार्य शिक्षामा पनि डिजिटल गर्ने उद्देश्यका साथ बैंकले उक्त सहयोग गरेको बैंकका सिइओ पौड्यालले बताए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै