PRABHU BANK

साउन महिनामा मात्रै विकास बैंकहरुको नाफा ८५ करोड ३८ लाख

काठमाडौँ । साउन महिनामा विकास बैंकहरुले ८५ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१-८२ को साउनमा विकास बैंकहरुले ८५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

साउनमा ६ वटा विकास बैंक घाटामा रहेको र ११ विकास बैंक नाफामा रहेको राष्ट्र बैंकको तथ्यांकको तथ्यांकले देखाएको छ । उक्त अवधिमा सबैभन्दा धेरै नाफा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कमाएको छ । यस बैंकले २० करोड २० लाख रुपैयाँ नाफा कमाएको हो ।

त्यस्तै, दोस्रोमा मुक्तिनाथ विकास बैंक रहेको छ । यस बैंकले १६ करोड ९६ लाख रुपैयाँ  नाफा आर्जन गरेको छ । महालक्ष्मी विकास बैंकले १० करोड ५७ लाख, गरिमा विकास बैंकले ९ करोड ४६ लाख र कामना सेवा विकास बैंकले ८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । साथै, ज्योति विकास बैंकले ८ करोड ३७ लाख, साङ्ग्रिला डेभलपमेन्ट बैंकले, ६ करोड ८१ लाख, र लुम्बिनी विकास बैंकले ३ करोड ६३ लाख नाफा कमाएका छन् । सिन्धु विकास बैंकले ३१ लाख, सलपा विकास बैंकले २९ लाख र कर्पोरेट डेभलपमेन्टले १६ लाख नाफा आर्जन गरेका छन् ।

यता, सबैभन्दा धेरै घाटा बेहोर्नेमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । यस बैंकले ६ करोड ३७ लाख रुपैयाँ घाटा बेहोरेको छ । ग्रीन डेभलपमेन्ट बैंकले ८६ लाख, सप्तकोसी डेभलपमेन्ट बैंकले ५४ लाख, नारायणी डेभलपमेन्ट बैंकले ५१ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ४८ र मितेरी डेभलपमेन्ट बैंकले २२ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै