PRABHU BANK

कृषि विकास बैंकद्वारा किसानलाई क्रेडिट कार्ड/एप्स तथा एमपिओस कार्ड वितरण

krishi bikas bank
  • बैंकिङ संसार
भैरहवा । कृषि विकास बैंक लिमिटेडको भैरहवा शाखाले किसानका लागि क्रेडिट कार्ड/एप्स तथा एमपिओस वितरण गरेको छ । बैंकले सोमबार एक कार्यक्रम आयोजना गरी ४६ किसानलाई क्रेडिट कार्ड वितरण गरेको हो । बैंकले जिल्लाको मायादेवी गाउँपालिका-६ स्थित बेलामाई सहकारी संस्था लिमिटेडका सदस्य किसानलाई एमपिओस वितरण गरेको हो । 
बैंकका सिइओ अनिलकुमार उपाध्यायले किसानलाई सहयोग गर्नु बैंकको दायित्व भएको जनाउँदै बाली बीमा, पशु बीमामा ८० प्रतिशत अनुदान दिइने बताएका छन् । विद्युतीय भुक्तानीको माध्यमबाट कारोबार गर्न सकिने बैंकले जारी गरेको कार्ड नै किसान कार्ड हो । यो कार्डको उपयोग किसान, कृषि तथा वन व्यवसायी, कृषि मचेन्ट, कृषि सहकारी, फर्म, कम्पनीहरुले गर्ने आइफ्याड परियोजनाका रितु खनालले बताए ।
आवश्यक कृषि सामग्री कृषि मचेन्टबाट खरिद गर्न सकिने तथा कर्जा ग्राहकले वा खाताग्राहीले तोकिएको सीमासम्म कार्डमार्फत कोरोबार गर्न सकिने पनि बताएका छन् । त्यस्तै आफूले उत्पादन गरेको कृषि उपज बिक्री गर्न सकिने तथा कृषि कार्यका लागि क्यास पोइन्टबाट नगद जम्मा तथा भुक्तानी गर्न सकिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै