- बैंकिङ संसार
कम्पनीले खुद ब्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा १२९ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा १० करोड ३५ लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
४१ करोड १२ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २५ करोड ८७ लाख ४४ हजार सञ्चित गरेको रहेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ अर्ब २ करोड ३३ लाख सापटि लिएर,२ अर्ब ७४ करोड ४ लाख निक्षेप संकलन गरी ६ अर्ब ३८ करोड ७३ लाख कर्जा लगानी गरेको छ ।