काठमाडौं । मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १० गते) अन्तिम दिन रहेको छ । कात्तिक ११ गते बुक क्लोज गर्ने भएकाले आजसम्म सेयरधनी कायम हुने लगानीकर्ताले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
मञ्जुश्री फाइनान्सले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले कात्तिक २० गते वार्षिक साधारण सभा बोलाएको छ।


