काठमाडौँ। आज भदौ २३ गते सार्वजनिक बिदा परेको छ। तर, बिदामा पनि बैंकहरू भने संचालनमा रहेको पाइएको छ। कतिपय बैंकले सूचना नै जारी गर्दै शाखा कार्यालय खुला रहेको जनाएको छ।
रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारका लागि आवश्यक वित्तीय कारोबार सहज बनाउन सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक बैंकिङ सेवा सञ्चालनमा छन्।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई बिदाका दिनमा पनि अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्न निर्देशन दिएको हो।


