‘लघुवित्त नीति पुरानो भयो, नयाँ समयसापेक्ष लघुवित्त नीति ल्याउन आवश्यक छ’

काठमाडौँ। नेपालमा लघुवित्तका पिता स्वर्गीय डा. हरिहर देव पन्तको एघारौँ स्मृति दिवस राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको प्रमुख आतिथ्यता र निर्धन संस्थाका अध्यक्ष देवेन्द्र बहादुर राउतको सभापतित्व निर्धन भवन, भगवतीबहाल, नक्साल, काठमाडौँ सम्पन्न भएको छ ।

कार्यक्रममा आयोजक संस्था निर्धन तथा डा. हरिहर देव पन्त फाउण्डेसनका अध्यक्ष जनार्दन देव पन्तले सहभागि सबैलाई स्वागत गर्दै नेपालमा अहिले पनि करिव २० प्रतिशत जनता गरिबीको रेखामुनि रहेकोले देशमा गरिबी निवारण गर्न डा. हरिहर देव पन्तले गरेको लघुवित्त सेवाको मार्गदर्शनको मुल्य, मान्यतालाई अझै प्रभावकारी रुपमा अनुसरण गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा डा. हरिहर देव पन्तको तस्वीरमा माल्यार्पण, दीप प्रज्वलन र समृद्धिको मार्गमा, २०८३ लघुउद्यमीको सफलताको कथा सङ्ग्रह पुस्तक विमोचन प्रमुख अतिथि डा. गुणाकर भट्ट सहित अतिथि डा. रेवत बहादुर कार्की, डा. फत्त बहादुर केसी, देवेन्द्र बहादुर राउत र जनार्दन देव पन्तले सामूहिक रुपमा लोकार्पण गरे । निर्धन उत्थान लघुवित्त संस्थाले लघुवित्त सेवाको माध्यमबाट सफल उद्यमीहरूको संर्घष र सफलताको कथा हरेक वर्ष प्रकाशन गर्दै आएको छ । कार्यक्रममा डा. हरिहरदेव फाउण्डेसन ले डा. पन्तले लिएको अभियानलाई सार्थक तुल्याएर टेवा पुर्याउन हरेक वर्ष विभिन्न पुरस्कारहरू वितरण गर्दै आएको छ । यस वर्षको डा. हरिहरदेव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार, लघु उद्यमशील पुरस्कार र आर्थिक पत्रकारिता पुरस्कार वितरण गरिएको थियो ।

आर्थिक क्षेत्रमा योगदान पुर्याउन विद्यार्थीको मनोबल वृदी गरी हौसला प्रदान गर्न निर्धन संस्थाद्वारा सञ्चालित डा. हरिहर देव पन्त शैक्षिक उत्कृष्‍टता पुरस्कार कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा शैक्षिक सत्र सन् २०२१-२०२३ मा ३.७७ अंक प्राप्त गरी सर्वप्रथम स्थान हासिल गर्न सफल भएका कमल पौडेले लाई नगद पचास हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

यस्तै, लघुउद्यमशीलताको क्षेत्रमा कार्य गर्ने लघुउद्यमीहरुको मनोवल वृदी गरी हौसला प्रदान गर्न लघुउद्यमशील पुरस्कार कार्यक्रम अन्तर्गत कोशी प्रदेशबाट भोजपुरकी शान्तिमाया तामाङ, मधेश प्रदेशबाट गरुडा, रौतहटकी रैमलवा देवी, बागमती प्रदेशबाट रामकोट, काठमाडौंकी रसिला तामाङ, गण्डकी प्रदेशबाट गाईखुर गोरखाकी  धनमाया गुरुङ्ग, लुम्बिनी प्रदेशबाट कोहलपुर, बाँकेकी सोबिता काफ्ले, कर्णाली प्रदेशबाट विद्यापुर सुर्खेतकी पदमा देउवा रोकाय, सुदूरपश्चिम प्रदेशबाट अमरगढी, डडेलधुराकी कविता सांकी गरी सातै प्रदेशका सात जना उत्कृष्ट उद्यमीहरुलाई डा. हरिहर देव पन्त लघुउद्यमशील पुरस्कार स्वरूप जनही नगदसहित सम्मान पत्र प्रदान गरिएको छ ।

बागमती वाहेक अन्य प्रदेशका पुरस्कृत उद्यमीहरुलाई प्रदेशमा नै कार्यक्रम आयोजना गरेर आजै पुरस्कार वितरण गरिएको छ । यसैगरी जीवनका अधिकांश समय देशमा आर्थिक विकास तथा गरीबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रबन्धक डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको डा. हरिहरदेव पन्त फाउण्डेसनले डा.पन्तको हरेक वार्षिक पुण्य स्मृति दिवसको अवसरमा एक जना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार प्रदान गदै आएको सर्वोत्कृष्ट हुन सफल लगानी न्यूज डटकमका सम्पादक आशीष ज्ञवालीलाई पुरस्कार स्वरूप नगद एक लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा पुरस्कार प्रमुख अतिथि र अतिथिहरुले वितरण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले हरेक वर्ष डा. पन्तको स्मृतीमा अध्यक्ष जनादर्न देव पन्तको सक्रियतामा स्थापित डा. हरिहर देव पन्त फाउण्सनले डा.पन्तको स्मृति दिवसमा आफु निरन्तर सहभागि हुँदै आएको बताउँदै यस कार्यक्रमबाट समाजलाई प्रेरणा र महत्वपुर्ण सन्देश दिन सफल भएको जनाए।

यस क्रममा विपन्नलाई उद्यमशिल बनाउन लघुवित्तले वित्तीय सेवाका साथै गैरवित्तीय सेवा प्रवाह गर्दै गएमा वर्तमान समयमा देखिएका चुनौतीहरुको सहजै सामना गर्न सकिने बताए । देशमा वि.स. २०६४ मा जारी भएको लघुवित्त नीति पुरानो भएकोले नयाँ समयसापेक्ष लघुवित्त नीति ल्याउन आवश्यक भएको बताउँदै नेपाल जस्तो जलवायु तथा प्राकृतिक प्रकोप बाट प्रभावित हुने देशमा लघुवित्त सहित सबैले सामाजिक उत्तरदायित्व समन्वय गरेर अगाडी बढन् आवश्यक रहेको बताए । विषय विज्ञ, विधार्थी, पत्रकार र उद्यमीहरूको सहभागितामा सम्पन्न आाजको कार्यक्रम समय सापेक्ष र उत्कृष्ट संयोजन रहेको बताउँदै प्रशंसा गरे ।

कार्यक्रममा आयोजक संस्थाको तर्फबाट पुरस्कृत हुन पाएकोमा गौरवान्वीत भएको र अझै थप कार्य गर्न जिम्मेवारी बढेको बताउँदै संस्थालाई धन्यवाद ज्ञापन गरे  । कार्यक्रममा सहभागि अतिथिहरु डा. फत्त बहादुर के.सि., डा. रेवत वहादुर कार्की, भागवत भटराई र निर्धन उत्थानका प्रमुख कार्यकारी अधिकृतले मन्तब्य राखेका थिए।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्