सिवाईसी नेपाल लघुवित्तका नवनियुक्त अध्यक्ष शर्माले लिए सपथ

काठमाडौँ। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष गोपाल कुमार शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। शर्माले २०८३ भाद्र १७ गते बुधबार नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक शिखा अधिकारी रेग्मीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्।

सपथ ग्रहण समारोहमा संस्थाका सञ्चालकद्वय लक्ष्मण खड्का क्षेत्री र राजेन्द्र रेग्मी, प्रमुख कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत बाबुराम कुँवरको उपस्थिति थियो ।

संस्थाका यसअघिका अध्यक्ष पद्मनाथ शर्माले राजीनामा दिएपछि रिक्त रहेको संस्थापक समूह अन्तर्गतको सञ्चालक पदमा गोपाल कुमार शर्मालाई नियुक्त गरिएको थियो । त्यसपछि संस्थाको सञ्चालक समितिको १८४औँ बैठकले शर्मालाई अध्यक्ष पदमा नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

नवनियुक्त अध्यक्ष शर्मा लामो समय शिक्षण पेशामा आबद्ध रही अवकाश प्राप्त व्यक्ति हुन्।

उनले शिक्षाशास्त्र तथा मानविकी एवं समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका छन् । सपथ ग्रहणसँगै शर्माले संस्थाको सञ्चालक समितिको नेतृत्व सम्हाल्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्