संसदमा प्रधानमन्त्रीको सम्बोधन: ‘बैंकका कर्मचारी खोजिँदैछ, शरीर थाके पनि विश्राम लिने छुट छैन, हामी लडिरहेका छौं’

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् । यही भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीबाट भएको जनधनको क्षति तथा भइरहेको खोज, उद्धार, उपचार, राहत र नागरिकको व्यवस्थापनका विषयमा प्रधानमन्त्री शाहले संसद्मा जानकारी गराएक हुन्।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट बैंकिङ क्षेत्र पनि प्रभावित भएको उनले जनाएका छन्। बाढीका कारण विभिन्न बैंकका २६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन भएका छन्। बाढीले बैंकका शाखा, नगद तथा ग्राहकका धितोसहित भल्टसमेत बगाएको थियो। बाढीले बगाएका केही बैंकका भल्ट धादिङका विभिन्न स्थानमा भेटिन थालेका छन्।

बैंकहरूले कर्मचारीको खोजी, सम्पत्तिको सुरक्षा तथा प्रभावित क्षेत्रमा बैंकिङ सेवा पुन:स्थापनालाई प्राथमिकता दिएका छन्।

प्रधानमन्त्री शाहले भने, ‘भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले क्षणभरमै हाम्रा आमाबुवा, दिदीबहिनी तथा दाजुभाइलाई हामीबाट खोसेर लग्यो । यो अकल्पनीय विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

‘शरीर थाकेको भन्दै विश्राम लिने छुट छैन । मन भक्कानिँदा पनि एकआपसमा विलाप गर्ने समय छैन । संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत र आड-भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकार गरेका छौँ, त्यसैले दृढ संकल्प, साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन । हामी लडिरहेका छौं,’ प्रधानमन्त्री शाहले भने ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्