काठमाडौँ। एनएमबि लघुवित्तका कर्मचारी पनि सम्पर्कविहिन भएको पाइएको छ। लघुवित्तले एक सूचना जारी गर्दै आफ्ना दुई जना कर्मचारी सम्पर्कविहिन भएको जनाएको हो।
रसुवाको बेत्रावती क्षेत्रमा आएको आकस्मिक बाढीपछि लघुवित्तको बेत्रावती शाखामा कार्यरत दुई महिला कर्मचारी सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा शाखा प्रमुख शारदा पाण्डे र फिल्ड सहायक पुष्पा शाही ठकुरी रहेका छन्।
बाढीका कारण शाखा कार्यालय तथा उनीहरू बस्दै आएको स्थानमा समेत क्षति पुगेको लघुवित्तले जनाएको छ।
परिवार तथा संस्थाले दुवै कर्मचारीको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, सम्बन्धित निकाय र स्थानीयवासीसँग सहयोगको अपिल गरेका छन्।
.

