इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १३ हजार २५८ कित्ता सेयर बिक्रीमा राखेको हो।

संस्थाले यसअघि सो सेयर संस्थाकै विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न मिल्नेगरी बिक्रीमा ल्याएकोमा सो अवधिसम्म आवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।

सो सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको आजको मितिले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालयमा आजेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्