काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको कविलासी घर भई काठमाडौंको कलंकी बस्ने विकास झा रहेका छन् ।
८० लाख बिगो तोकिएका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले कलंकीबाट पक्राउ गरेको हो ।
उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

